कोहलपुरको जानकी टोल जोगाउन यसरी गरियो पहल (फोटो कथा)

६ श्रावण २०७७, मंगलवार ०८:५८
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोेहलपुर चपरगौरी रोहणी खोलामा आएको बाढीले कटान गर्दै बस्ती जोखिममा पारेपछि जोगाउनको लागि प्रयास गरिएको छ ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेको पहलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयलगायतको सहभागितामा जानकी टोल नजिकै रोहिणी खोलामा तटबन्ध गरिएको हो ।

बस्ती जोखिममा परेको जनाकारी आएपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी, राष्ट्रिय अनुसंधान, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतितिनिलगायतले प्रभावित स्थानको स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा स्थानीयले तत्काल तटबन्धको लागि पहल गर्न माग गरेपछि नेपाली सेनाको ३५ जना, सशस्त्र प्रहरीको १५ जना, नेपाल प्रहरी र सोही स्थानका स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।


जोखिममा परेको बस्ति जोगाउनको लागि कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य नारायणी ओलीसमेत आफै तटबन्ध बनाउने कार्यमा खटेकी थिईन । सो टोलीले करिब ४० मिटर बोरामा बालुवा भरेर जालिमा राखेर अस्थायी तटबन्ध तयार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले बस्तिको नजिक भएको कटानलाई रोक्नको लागि जिल्ला बिपद व्यवस्थापन समितिबाट बोरी र जालीको ब्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन सुरु गरिएको बताए ।

उनले बस्तिलाई जोगाउनको लागि आवश्यक पहल गरिने बताउदै स्थानीयले पनि जोखिमलाई आंकलन गरी सुरक्षित हुन समेत आग्रह गरे ।

Next Post

पुष्पलालका राजनीतिक यात्राका केही महत्वपूर्ण कुरा

६ श्रावण २०७७, मंगलवार ०८:५८
–लोकनारायण सुवेदी, आधुनिक नेपाली राजनीतिक इतिहासका एक राष्ट्रिय ब्यक्तित्व, शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली समाजको द्वन्द्वात्मक भौतिकबादी बैज्ञानिक दृष्टिकोणका आधारमा समाजको […]