नेपालगञ्जको बिद्यालयमा ‘भेन्डिङ्ग’ मेशिन जडान

  ।   ४ श्रावण २०७७, आईतवार १७:०२


सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेशिन जडान गरिएको छ । महिनावारीका समयमा छात्राहरुलाई सहज हुने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेशिन (सेनेटरी प्याड झिक्न मिल्ने मेशिन) जडान गरेको हो ।
नेपालगञ्जस्थित सरस्वती मावि र छात्रा मावि सल्यानीबाग बिद्यालयमा जडान गरिएको मेशिनको आइतवार उपमेयर उमा थापा मगरले उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै उनले छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेशिन स्थापना गरिएको बताइन् ।
क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेशिन राखिने भन्दै उपमेयर थापाले किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्ने धारणा राखिन् ।
महिनावारी भएको बेला छात्राहरुले आफुसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेशिनबाट झिक्नसक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको नेपालगञ्जका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
बाँकेको सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेशिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेशिन राख्ने तयारी छ ।

Next Post

बाँकेमा स्वाब संकलनमा खटेका स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टी

४ श्रावण २०७७, आईतवार १७:०२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोराना बिरुद्धको अभियानमा फ्रण्टलाईनमा स्वाब संकलनमा खटेका एक ३९ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार पालिकाको स्वास्थ्य शाखामा खटेका ती स्वास्थ्यकर्मी प्रयोगशालामा काम गर्दै आएको र कोरोना परिक्षणको लागि स्वाब संकलनमा खटेका थिए […]