भेरीको परीक्षणमा १० जनामा कोरोना पुष्टि

४ श्रावण २०७७, आईतवार १६:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका १ जनासहित आइतवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाव परीक्षण गरिएकोमा बाँकेको कोहलपुर नगरपालिका २ का २९ वर्षीय पुरुष, सल्यान सारदा गाउँपालिकाका २४ र ३९ वर्षीय पुरुष, दाङ लमहीका २१, ३३ र ६३ वर्षीय पुरुष तथा रोल्पा सुनिलस्मृतीका १३, २०, २३ र ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

Next Post

नेपालगञ्जको बिद्यालयमा ‘भेन्डिङ्ग’ मेशिन जडान

४ श्रावण २०७७, आईतवार १६:४७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जका सामुदायिक विद्यालयमा सेनेटरी प्याड झिक्न मिल्ने मेशिन जडान गरिएको छ । महिनावारीका समयमा छात्राहरुलाई सहज हुने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकाले भेन्डिङ्ग मेशिन (सेनेटरी प्याड झिक्न मिल्ने मेशिन) जडान गरेको हो । नेपालगञ्जस्थित सरस्वती मावि र छात्रा मावि सल्यानीबाग बिद्यालयमा जडान गरिएको मेशिनको आइतवार उपमेयर उमा थापा मगरले […]