ट्रयाक्टर दुर्घटनामा सात जनाको मृत्यु

४ श्रावण २०७७, आईतवार १३:५३
 

सदरलाइनडटकम,
प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ तर्फ आउँदै गरेको लु २ च ४२३४ नम्वरको ट्रयाक्टर शनिवार राती रुमाले भन्ने ठाउँमा सडकबाट तल खस्दा सात जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ट्रयाक्टर चालक रोल्पा त्रिवेणि गाउँपालिकाका २५ वर्षीय कमल कुँवर, रुन्टिगढि गाउँपालिका–५ का २१ वर्षीय सागर वस्नेत, २४ वर्षीय रीमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठा मगर, उमेर नखुलेका गोर्वधन बुढामगर र २५ वर्षीय कबिराम बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । एकजना भने घाइते भएको प्रहरीले जनाएको छ ।

Next Post

विप्लवद्वारा बाँकेमा ६ बिगाहा जग्गा कब्जा

४ श्रावण २०७७, आईतवार १३:५३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सुकुम्बासी आयोगले बाँडेको ६ बिगाहा जग्गा कब्जा गरेको छ । थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा रहेको ठाउँमा ’भूमाफियाहरु होसियार’ लेखेको ब्यानर राखेर जग्गा कब्जा गरेको बताएको हो । सुकुम्बासी आयोगले केही वर्ष अघि वितरण गरेको कोहलपुर नगरपालिका […]