लायन्सद्वारा कोरोना परीक्षणको लागि २० लाखको भिटिएम हस्तान्त्रण

३० असार २०७७, मंगलवार १२:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५बि–२ ले पिसिआर माध्यामबाट कोरोना परीक्षणको स्याम्पल संकलनको लागि आवश्यक पर्ने भिटिएम सेट उपलब्ध गराएको छ ।

५ नं.प्रदेश, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भिटिएम सेटको अभावको कारणले परीक्षण प्रभावित भएको जनगुनासो आएपछि लयन्सले सो सहयोग गरेको हो ।

कोबिड–१९ को महामारीबाट जोगिनको लागि परिक्षणको दायरा बढाउन सर्बत्र माग भईरहेको बेलामा लायन्सले करिब २० लाख बराबरको ९ हजार २ सय भिटिएम सेट स्थानीय तह, अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराएको हो ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ बि–२का पूर्व डिस्टिक गर्भनर सेम शाक्यले लायन्सले कोबिड–१९ को समयमा वा अन्य विपत्तिको बेलामा बिभिन्न खाले मानविय सहयोग गर्दै आएको बताउदै कोरोनाको परिक्षणको दायरा बढाउन आवश्यक पर्ने भिटिएम सेट जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा, अस्पताल र स्वास्थ्य कार्यालयलाई उपलब्ध गराईएको बताए ।


यस अघि लायन्सले विभिन्न पिपिई, सेनिटाईजर लगायतका स्वास्थ्य उपकरण, अलपत्र परेकालाई तथा क्वारेन्टाईनमा रहेकालाई तयारी खाना, पानी जस्तो सहयोग गरि सकेको छ ।

जिल्ला विपद व्यवथापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले लायन्स उपलब्ध गारएको भिटिएम सेटले कोरोना परीक्षणको दायरा बढाउन निक्कै सहयोग पुग्ने बताउदै विपदको सामना गर्न सबै एकजुट हुन आवश्यक रहेको औल्याए ।

नेपालगञ्जको खजुरारोडमा रहेको लायन्स डेन्टल परिसरमा आयोजित हस्तान्त्रण हस्तान्त्रण कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ द्वितिय भाईस गर्भनर सिपि चन्द, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, राप्ती सोनारी गाउपालिका उपप्रमुख घनिकुमारी खत्री, पूर्व डिस्टिक गर्भनर मधुसूदन शर्मा रिजाल, जिल्ला स्वास्थ्य शाखाका प्रमुख धिरजंग शाहलगायतको सहभागिता रहेको थियो ।

लायन्सले दाङ्गलाई १ हजार ८ सय, जुम्ला ८ सय, दैलेख १ हजार, सुर्खेत १ हजार २ सय, बाँके २ हजार, बर्दिया ८ सय र कैलाली धनगढी १ हजार ६ सय गरी ९ हजार २ सय सेट हस्तान्त्रण गरि सकिएको छ ।

Next Post

अख्तियारद्वारा घरेलु अधिकृत ओलीलाई घुससहित नियन्त्रणमा

३० असार २०७७, मंगलवार १२:११
सदरलाइनडटकम, नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसंन्धान आयोग कार्यालय बुटवलले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत एक अधिकृतलाई ९६ हजार ३ सय घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने बाहानमा घरेलु तथा साना उद्योग […]

सम्बन्धित