बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद

२९ असार २०७७, सोमबार १४:२५
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : सशस्त्र प्रहरीले बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ भज्जुपुर्वा गाउँ नजिकैबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोली आइतवार राती साढे १० बजे २ सय ३५ बोतल उक्त लागुऔषध बरामद गरेको बताइएको छ । भारतबाट नेपाल भित्र्याइ रहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले जानकारी दिए ।

Next Post

बर्दिया र दाङका थप ४ जनामा कोरोना पुष्टि

२९ असार २०७७, सोमबार १४:२५
सदरलाइनडटकम, नेपालगञ्ज : बर्दिया र दाङ गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा सोमवार बर्दिया बढैयाताल २ का २६ बर्षीय पुरुष र मधुबन ९ का १८ बर्षीय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि […]