देशभर ८२ जना थपिए कोरोना संक्रमित

२८ असार २०७७, आईतवार १६:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पडा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । त्यस्तै आइतवार मात्र कोरोनाबाट निको भएर १४७ जना घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ८ हजार ५ सय ८९ छ ।

Next Post

राप्तीसोनारी गाउपालिकाले साउन १५ देखि विद्यालय सञ्चालनको तयारी गर्दै

२८ असार २०७७, आईतवार १६:३४
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेका राप्तीसोनारी गाउपालिकाले आगामी साउन १५ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित राप्ती सोनारी गाउँपालिकाले आगामी साउन १५ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको हो । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा आइतबार अगैयामा बसेको जनप्रतिनिधी, राजनीतिक दल, […]