बबई नदीमा बगेर दुई जना बेपत्ता

२८ असार २०७७, आईतवार १४:५८
 

सदरलाइनडटकम,
बर्दिया : बबई नदीमा आएको बाढीमा बगेर बर्दियाको ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका छन् । नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ ।
बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् ।
ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Next Post

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

२८ असार २०७७, आईतवार १४:५८
सदरलाइनडटकम, नेपालगञ्ज : मास्क नलगाएर हिँड्नेहरुलाई बाँके प्रहरीले पक्राउ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मास्क अनिवार्य गरेको छ । मास्क नलगाएर हिँडेको पाइए कारवाही गर्न प्रहरीलाई निर्देशन दिइएको छ । नेपालगञ्जको त्रिभुवन चोकमा मास्क नलगाएर हिँड्ने सर्वसाधरणलाई पक्राउ गर्दै जरिवाना तिराएको छ । मास्क नलगाएर हिँड्नेलाई सय […]

सम्बन्धित