शनिवार ७० जनामा मात्र कोरोना पुष्टि

२७ असार २०७७, शनिबार १६:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

Next Post

कोरोना देखिएपछि हिरासत कक्ष सिल

२७ असार २०७७, शनिबार १६:४७
सदरलाइनडटकम,  सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको […]