कोरोना पूर्णरुपमा अन्त्य नहुने डब्ल्युएचओको भनाई

२७ असार २०७७, शनिबार १४:२१
 

सदरलाइनडटकम,
काठमाण्डौ : विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्णरुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताउनुभएको हो ।
जेनेभामा भएको अनलाइन सम्मेलनमा उहाँले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्णरुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ, त्यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए ।
यसैबीच विश्व सवस्थ्य संठगनले पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् । यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।
विश्वमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड २६ लाख २५ हजारभन्दा धेरै रहेका वल्डोमिटरले जनाएको छ । यस्तै भाइरसका कारण ५ लाख ६२ हजार ७ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

Next Post

करेन्ट लागेर कोहलपुरमा एकको मृत्यु

२७ असार २०७७, शनिबार १४:२१
सदरलाइनडटकम, नेपालगञ्ज : करेन्ट लागेर बाँकेमा एक किशोरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० ड्राइभर टोल निवासी १४ वर्षीय किशोरको मृत्यु भएको हो । आफ्नै घरको धारामाम पानी तान्ने मोटरबाट करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ […]