पूर्वतयारीका लागि नदिमा कृतिम अभ्यास

२६ असार २०७७, शुक्रबार १७:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको राप्ती नदीमा शुक्रवार बाढी बिपद् कृतिम अभ्यास गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा बाँके भएर बग्ने राप्ती नदीमा उक्त अभ्यास गरिएको हो ।
अभ्यासका क्रममा नदीमा कृतिम शव बनाई फालिएको थियो । सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत उक्त शवलाई झण्डै आधा घण्टासम्मको खोजी पछि बाहिर निकालेका थियो । शव वा घाइतेहरुलाई नदीबाट उद्धार गरि बाहिर निकालेपछि व्यवस्थापनबारे अभ्यास गरिएको थियो । गोताखोरको टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु सम्मिलित थिए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यदि कुनै दुर्घटना भईहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्धार गर्न सक्ने बताए । विपद कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गरार्ईएको कुरुम्बाङले बताए । उनले राप्ती नदि वरिपरि बस्तिका बासिन्दालाई सतर्क रहन गरे ।
कृतिम घटना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ, बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर राना, ४ नम्बर बाहिनी अड्डाका प्रमुख जर्नेल सुरेशकुमार बानिया, भैरव प्रसाद गणका प्रमुख कर्णेल नकुल थापालगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Next Post

बाँकेमा दुई संक्रमित थपिए, दुई डिस्चार्ज

२६ असार २०७७, शुक्रबार १७:२६
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना संक्रमितहरुको संख्या कम हुँदै गएको बाँकेमा शनिवार थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको स्वाब नमूना परीक्षणमा दुई जनामा कोरोनाको पुष्टि भएको हो । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राप्ती सोनारी गाउँपालिका वडा नं. ७ का ३२ र ३४ […]