२४ घण्टामा थपिए ११८ कोरोना संक्रमित

  ।   २६ असार २०७७, शुक्रबार १७:११


सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । शुक्रवार देशभरबाट १२० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ रहेको छ ।

Next Post

पूर्वतयारीका लागि नदिमा कृतिम अभ्यास

२६ असार २०७७, शुक्रबार १७:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको राप्ती नदीमा शुक्रवार बाढी बिपद् कृतिम अभ्यास गरिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा बाँके भएर बग्ने राप्ती नदीमा उक्त अभ्यास गरिएको हो । अभ्यासका क्रममा नदीमा कृतिम शव बनाई फालिएको थियो । सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत उक्त शवलाई झण्डै आधा घण्टासम्मको खोजी पछि […]