शुक्रवारदेखि रुपईडिहा पूर्ण लकडाउन हुँदै

२६ असार २०७७, शुक्रबार १४:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई दृष्टिगत गर्दै भारतको उत्तर प्रदेश सरकारले दुई दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले १० जुलाई अर्थात् असार २६ गते राती १० बजेदेखि १३ जुलाई असार २९ गते विहान ५ बजेसम्मका लागि लकडाउनको घोषणा गरेको हो ।
नेपालगञ्जको भारतीय सीमावर्ती जिल्ला बहारइचअन्तर्गत आदर्श थाना रुपईडिहाले शुक्रवार जारी गरेको सूचनाअनुसार उक्त अवधिमा आवश्यक सेवाबाहेक हाटबजार, पसल निजी सवारी साधन र सामान्य आवागमनमा समेत प्रतिबन्ध लगाइएको छ ।
रुपईडिहा थानाका प्रभारी निरीक्षकद्वारा हस्ताक्षरित सूचनामा प्रदेश शासनको आदेशानुसार चिकित्सा सेवा, मेडिकल स्टोर, रोडबेज बस आदि पूर्ववत् रहने उल्लेख छ ।
लकडाउन अवधिभर सर्वसाधरणलाई घरमै बस्न, सामाजिक दुरीको पालना गर्न, मास्क लगाउन, स्यानिटाइजर साबुनको प्रयोग गर्नुका साथै सरसफाईमा ध्यान दिन सूचनामार्फत आग्रह गरिएको छ ।


Next Post

२४ घण्टामा थपिए ११८ कोरोना संक्रमित

२६ असार २०७७, शुक्रबार १४:४५
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा ११८ जना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । शुक्रवार देशभरबाट १२० […]

सम्बन्धित