अवैध सुर्तीसहित मोटरसाइकल पक्राउ

  ।   २६ असार २०७७, शुक्रबार १४:१०


सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेत नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ भज्जुपुर्वा सुर्तीजन्य सामग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो ।
मोटरसाइकल बरामद गरिएपनि चालकले मोटरसाइकल छोडेर भागेको नायब निरीक्षक बस्नेतले बताए । बरामद गरिएका सुर्तीजन्य सामग्रीमा सुपरपावर सुर्ती ५२५ पोका, कमलापसन्द ५० डिब्बा, तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामदी मोटरसाइकलसहित सुर्तीजन्य सामग्रीको मूल्य १ लाख ५८ हजार १२५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ । बरामद गरिएको सामग्रीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Next Post

शुक्रवारदेखि रुपईडिहा पूर्ण लकडाउन हुँदै

२६ असार २०७७, शुक्रबार १४:१०
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई दृष्टिगत गर्दै भारतको उत्तर प्रदेश सरकारले दुई दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले १० जुलाई अर्थात् असार २६ गते राती १० बजेदेखि १३ जुलाई असार २९ गते विहान ५ बजेसम्मका लागि […]

सम्बन्धित