आठ पुलिसका हत्या आरोपी ‘दुबे’ इन्काउन्टरमा मारिए

  ।   २६ असार २०७७, शुक्रबार १३:५२


सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : डिएसपीसहित ८ जना प्रहरीको हत्या गरि फरार रहेका भारतका मोस्ट वान्टेड अपराधी विकास दुबे प्रहरीको इन्काउन्टरमा मारिएका छन् । उज्जैनबाट दुबेलाई लिएर प्रहरीले कानपुर जाँदै थियो ।
दुबेलाई लिएर जाँदै गरेको एसटीएफको गाडी शुक्रवार बिहान ६ बजे दुर्घटनाग्रस्त भएको थियो । घटनापछि पुलिसको पेस्तोल खोसेर दुबे भाग्न खोजेकोले जवाफी कारवाहीमा दुबे मारिएको भारतीय प्रहरीले जनाएको छ ।
दुबेको कम्मर र छातीमा गोली लागेको थियो । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान ७ बजेर ५५ मिनेटमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुबेलाई बिहीवार बिहान प्रहरीले मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।
गत बिहीवार दुबे समुहले एक डिएसपीसहित ३ इन्स्पेक्टर र ४ जना प्रहरी जवानलाई मारेको थियो । आक्रमणमा केही प्रहरीहरु घाइते छन् ।

Next Post

अवैध सुर्तीसहित मोटरसाइकल पक्राउ

२६ असार २०७७, शुक्रबार १३:५२
सदरलाइनडटकम, नेपालगञ्ज : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेत नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ भज्जुपुर्वा सुर्तीजन्य सामग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल […]