नेपालमा १ सय ८ कोरोना संक्रमित थपिए

२५ असार २०७७, बिहीबार १६:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या सात हजार ८ सय ९१ छ ।

Next Post

उत्कृष्ट कर्मचारी सम्मानित

२५ असार २०७७, बिहीबार १६:३३
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकामा कार्यरत विभिन्न शाखा तथा वडाका उत्कृष्ट कार्यसम्पादन गर्ने कार्मचारी सम्मानित भएका छन् । आर्थिक वर्षको अन्त्यमा उनीहरुको कार्यसम्पादनका आधारमा नगदसहित सम्मान गरिएको हो । योजना तथा प्राविधिक शाखाबाट दिलबहादुर पौडेल नगद २० हजार रुपैयाँसहित सम्मानित भएका छन् भने स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्का सामाजिक […]

सम्बन्धित