आठ प्रहरीको हत्या आरोपी दुबे पक्राउ

  ।   २५ असार २०७७, बिहीबार १३:२३


सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : भारतको उत्तर प्रदेशस्थित कानपुरमा डिएसपीसहित आठ जना पुलिसको हत्या गरी फरार अपराधी विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ ।
कानपुरको बिकरुमा गत बिहीवार राती भएको शुटआउटका मुख्य आरोपी दुबे बिहीवार बिहान मध्य प्रदेशको उज्जेनबाट गिरफ्तार भएका हुन् । महाकाल मन्दिर दर्शन गर्न गएका बेलामा दुबेलाई प्रहरीले पक्राउ गरेको हो ।
उत्तर प्रदेश पुलिसको टिमले उसलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो । कानपुर जिल्लामा गत बिहीवार राति करीब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा डिएसपी देबेन्द्र मिश्र मारिएका छन् । उनीसँगै ३ इन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका हुन् ।
आक्रमणमा केही प्रहरीहरु घाइते भएका छन् । लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन प्रहरीहरु बिकरु भन्ने गाउँमा गएका थिए । दुबेमाथि थप अनुसन्धान शुरु गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Next Post

नेपालमा १ सय ८ कोरोना संक्रमित थपिए

२५ असार २०७७, बिहीबार १३:२३
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]