बाँकेमा थप दुई जनामा कोरोना पुष्टि

२५ असार २०७७, बिहीबार १२:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बिहीवार दुई जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । ३ सय ४८ जना निको भएर घर फर्किँदा २ जनाको भने मृत्यु भएको छ ।


Next Post

राहत प्याकेजको माग गर्दै व्यवसायी सडकमा

२५ असार २०७७, बिहीबार १२:५०
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित बनेको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीति मार्फत राहत प्याकेजका कार्यक्रम ल्याउन माग गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा बिहीवार उद्योगी, व्यवसायीहरुले दवावमुलक र्यालीको आयोजना गरे । त्रिभुवनचोकबाट शुरु भएको र्याली न्यूरोड, धम्वोझी हुँदै नेपाल राष्ट्र […]