डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार २०७७, बुधबार १४:११
 

सदरलाइनडटकम,
काठमाण्डौ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् ।
संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । उनले विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गरेका थिए ।
राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाएका थिए । उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए । डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने बारेमा अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले पुष्टि गरेका छन् ।
बाहिरिने सम्बन्धी पत्र अमेरिकी अधिकारीहरुले सोमवारबाट नै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ । अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस बारेमा जानकारी दिएका छन् । (एजेन्सी)

Next Post

बाँकेमा थपिए दुई जना कोरोना संक्रमित

२४ असार २०७७, बुधबार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके कोरोनामुक्त भनिएपनि बुधवार नेपागञ्जमा दुई जना संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं. १४ का २२ र ४५ वर्षीया दुई जना महिलामा कोरोना संक्रमण भेटिएको हो । मंगलवार बेलुकासम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाँउपालिकालाई कोरोनामुक्त भएको बताईएको थियो । यद्यपी त्यसकै […]

सम्बन्धित