राहात प्याकेजको लागि नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा आन्दोलन

२४ असार २०७७, बुधबार ०७:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव परेको व्यावसायिक क्षेत्रले राहात प्याकेजको माग गर्दै दबाव मुलक आन्दोलन गर्ने भएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले राहत कार्यक्रमको माग गर्दै आयोजना गर्न लागेको आन्दोलनका विषयमा बिभिन्न बस्तुगत संघहरुसंग छलफल गरेको छ । दुई दर्जन बढि बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिले राहतका लागि दवाव दिने संघको आन्दोलनमा पूर्ण सर्मथन जनाएका छन् ।

महामारीको रुप लिएको कोरोना भाइरस (कोबिड–१९) का कारण अस्त व्यस्त बनेको उद्योग, व्यवसायलाई उकास्न राहत प्याकेजको माग गर्दै संघले आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई बस्तुगत संघका अगुवाहरुले समर्थन जनाएका हुन ।


कोरोनाका कारण उद्योग, व्यवसाय क्षेत्र सबै भन्दा बढि प्रभावित भएको छ । बैंकको ब्याज र सरकारलाई बुझाउनु पर्ने करका कारणले उद्योगी, व्यवसायीहरु कष्टकर अवस्थामा आईपुगेको भन्दै छलफलमा सहभागि उद्योगी, व्यवसायीले आन्दोलनको कार्यक्रम आयोजना गरी सरकारलाई दवाव दिन सुझाव दिए ।

सरकारबाट राहत पाउन नसकेका व्यवसायीले आगामी मौद्रिक नीतिबाट राहत पाउने आशा गरेका छन् । मौद्रिक नीतिबाट व्यवसायीका माग सम्बोधनको दवाव दिन संघले आन्दोलनको कार्यक्रम गर्न लागेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।

संघका महासचिव चिरञ्जीवी ओलीका अनुसार, बस्तुगत संघसंस्थाको सुझावका आधारमा संघले चाँडै आन्दोलन गरी सरकारलाई दवाव दिने तयारी गरेको छ । सो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य लगायत संघका पदाधिकारी एवं कार्यसमिति सदस्यको सहभागिता रहेको थियो ।

Next Post

माइती नेपालको खाना अभियान नेपालगञ्ज वडान.२ मा

२४ असार २०७७, बुधबार ०७:३१
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव परेको असाहे तथा विपन्न वर्गलाई लक्षित गरी माइती नेपालले संञ्चालन गरेको एक छाक खाना अभियान नेपालगञ्जको वडा नं.–२ मा पुगेको छ । जिल्लाका बिभिन्न स्थानमा पुग्ने अभियान सातापछि नेपालगञ्ज २ मा पुगेको हो । अभियानलाई वडा […]