राप्तीले बगाउँदा महिलाको मृत्यु

२३ असार २०७७, मंगलवार १७:४२
 

सदरलाइनडटकम,
दाङ : राप्ती नदीमा आएको बाढीले बगाउँदा दाङको देउखुरीमा एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको राप्ती नदीले बगाउँदा मृत्यु भएको हो ।
बगेकी महिलाको शव झण्डै ११ किलोमिटर टाढा दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नदी तर्ने क्रममा महिलालाई बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Next Post

राहात प्याकेजको लागि नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा आन्दोलन

२३ असार २०७७, मंगलवार १७:४२
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको प्रत्यक्ष प्रभाव परेको व्यावसायिक क्षेत्रले राहात प्याकेजको माग गर्दै दबाव मुलक आन्दोलन गर्ने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघले राहत कार्यक्रमको माग गर्दै आयोजना गर्न लागेको आन्दोलनका विषयमा बिभिन्न बस्तुगत संघहरुसंग छलफल गरेको छ । दुई दर्जन […]