बालकको घाँटी रेटेर हत्या प्रयासमा एक पक्राउ

१९ असार २०७७, शुक्रबार १८:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एक बालकको हत्या गर्ने प्रयासमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १३ का एक बालकको घाँटी काटेर हत्या गर्ने प्रयास गरिरहेका एक युवालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश खड्काका अनुसार राप्तिसोनारी गाँउपालिका वडा नं. ९ बस्ने ३४ वर्षीय बिजय चन्दले कोहलपुर वडा नं. १३ खड्कवार निवासी ७ वर्षीय बालक रोमित थारुको घाँटी रेटेर हत्या गर्ने प्रयास गरेका हुन् ।
बालक आफ्नो मामाको घरमा रोपाइँ गर्न गएका बेलामा चन्दले धारिलो हतियार हँसिया प्रयोग गरी घाँटीको पछाडी रेटेर घाइते बनाएका थिए । घाइते बालकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको र चन्दलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Next Post

चिकित्सकलाई हत्याराको संज्ञा दिईनु आपत्तिजनक : चिकित्सक संघ

१९ असार २०७७, शुक्रबार १८:११
सदरलाइनडटकम, नेपालगञ्ज : उपचारको क्रममा विरामीको मृत्यु प्रकरणमा विरामीका आफन्तद्वारा भएको प्रर्दशनको विषयमा नेपाल चिकित्सक संघ नेपालगन्जले गम्भीर आपत्ती जनाएको छ । वेष्टर्न अस्पतालमा उपचारको क्रममा एकजना विरामीको मृत्युपछि मृतकका आफन्तहरुले चिकित्सकको लापरबाहीको कारण विरामीको ज्यान गएको भन्दै प्रदर्शन गरेका थिए । संघले विरामीको मृत्युको बिषयलाई लिएर उपचारमा संलग्न चिकित्सक […]