कोरोना संक्रमितको संख्या पन्ध्र हजार नाघ्यो

१९ असार २०७७, शुक्रबार १६:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यस्तै ६ हजार १ सय ४३ जना निको भएका छन् भने संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Post

खजुरा गाउपालिकाको न्यायिक समितिको कामकारवाही अनुगमन

१९ असार २०७७, शुक्रबार १६:३४
सदरलाइनडटकम, खजुरा(बाँके) : स्थानीय तहमा न्यायिक समितिले गरेका काम कारबाहीको बारेमा अनुगमन सुरु गरिएको छ । शुक्रबार जिल्ला न्यायाधीशसहितको एक टोलीले बाँकेको खजुरा गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७६/०७७ मा गरेका कामकारवाहीको अनुगमन गरेको छ । बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जिएम विश्वकर्मा, शाखा अधिकृत गणेश रिजालसहितको टोली शुक्रबार गाउँपालिकामा […]