लाखौंको सुर्तीजन्य पदार्थ बरामद

१९ असार २०७७, शुक्रबार १२:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले भारतबाट अवैधरुपमा नेपाल भित्रिँदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामग्री बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ रामपुर भन्ने स्थानबाट शुक्रवार बिहान ४ बजे सुर्तीजन्य सामग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो ।
मोटरसाइकल बरामद गरिएपनी चालकहरु भागेका थिए । बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका , कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
रामद सामग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ । बरामद गरिएका सामानलाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Next Post

कोरोना संक्रमितको संख्या पन्ध्र हजार नाघ्यो

१९ असार २०७७, शुक्रबार १२:५९
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यस्तै […]