अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै नेपालगञ्जमा प्रदर्शन

१८ असार २०७७, बिहीबार १५:३७
 

सादरलाइनडटकम,
नेपालगञ्ज : नेपालञ्जस्थित वेष्टर्न अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले बिहीवार नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् ।
पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उनको १६ गते मंगलवार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो । उनको मंगलवार नै मृत्यु भएको बताइएको छ ।
शल्यक्रियापछि १६ घण्टा पुग्दासमेत विरामी होसमा नआएपछि परिवारले विरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दवाव दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएका थिए ।
मृतकका श्रीमान मोहन बुढाथोकीले दवाव दिएपछि मात्र आफुहरुलाई आइसियुमा जान दिएको उहाँले बताउनुभयो । विरामीको अवस्था जटिल देखेपछि उनीहरुले रातीनै त्यहाँबाट मेडिकल कलेजमा पुर्याएका थिए । तर मेडिकल कलेजले विरामीको पहिल्यै डेथ भइसकेको जानकारी दिएको थियो । उनको डा. कल्पना थापाले शल्यक्रिया गरेको बताइएको छ ।
चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै दोषीमाथि कानुनी कारवाही हुनु पर्ने श्रीमानको माग छ । पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाएका छ्न ।

Next Post

नेपालगञ्जका व्यावसायी र बैंक–वित्तिय संस्थाबीच सहुलियतको लागि छलफल

१८ असार २०७७, बिहीबार १५:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड–१९ नोवल कोरोना भाइरसको नियन्त्रण गर्न आव्हान गरिएको निरन्तरको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तिय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन बिहिवार सरोकारवाला निकायसंग छलफल गरेको छ । सो छलफलमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिीय संस्थाका प्रबन्धक उद्योगी, व्यवसायी […]

सम्बन्धित