बाँकेमा थपिए सात कोरोना संक्रमित

  
  प्रकाशित मितिः बुधबार, असार १७, २०७७       | 262 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा बुधवार ७ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नयाँ संक्रमितमा ४ जना महिला र ३ जना पुरुष छन् । ती मध्ये ४ बर्षीया बालिका र ९ बर्षीय बालक पनि छन् । बाँकेमा अब संक्रमितको संख्या ३ सय ६३ पुगेको छ । ती मध्ये ३ सय २० जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     5:19:43 PM  |