मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सवारी चालक तथा हाउस वायरिङ्ग तालिम समापन

१७ असार २०७७, बुधबार १५:४९
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम प्रदेश नं. ५ अन्तरगत राप्तीसोनारी गाउपालिकामा रहेका विपन्न युवाका लागि लक्षित गरी सञ्चालित ३ महिने हउस वाईरिङ्ग तालिम र १ महिने सवारी चालक प्रशिक्षण सम्पन्न भएको छ ।

पाँच नंम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन रहेको सो तालिम कोबिड–१९ को महामारीको बीचमा सामाजिक दुरी कायम गरी सञ्चालन गरीएको थियो ।

विपन्न युवालाई स्वारोजगार बनाउने उद्देश्यले सञ्चालन गरीएको सो तालिमको पाँच नंम्बर प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले प्रशिक्षार्थीलाई प्रमाण पत्र बितरण गर्दै आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै जीवन उपयोगी काममा लाग्न आग्रह गरिन ।

उनले युवाहरु हतामा सिप नभएर बेरोजगार बस्दा प्रदेशलाई घाटा हुने भएकोले प्रदेशले युवाको रोजाईमा विभिन्न खालका स्वरोजगार हुने तालिम प्रदान गरी उनीहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्य लिएको बताईन ।


प्रदेश सरकारको ६ लाख लागतमा सम्पन्न सो तालिममा हाउस वायरिङ्गमा २० जना र सवारी चालक प्रशिक्षणमा १८ जना युवाले सक्रियता पूर्वक तालिम हासिल गरेको कार्यक्रमको सहजकर्ता चमेली बाकबलले जानकारी दिईन ।

प्रदेश सरकारले विपन्न युवा हातमा सिपको अभाव भएर बेरोजगार बस्न नपरोस भनेर विभिन्न युवालाई लक्षति गरी स्वरोजगारमुलक तालिम सञ्चालन गर्दै आएको छ ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ती, राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारु, वडानं. ७ का वडा अध्यक्ष रामलखन थारु, स्थानीय बुद्धिजीबि लालबहादुर थापालगायतको सहभागिता रहेको थियो ।

Next Post

कोरोना संक्रमितको संख्या चौध हजार पार

१७ असार २०७७, बुधबार १५:४९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा बुधवार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितकाके संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा […]