पत्नीको प्रहारबाट पतिको मृत्यु

  
  प्रकाशित मितिः बुधबार, असार १७, २०७७       | 120 Views   ||


सदरलाइनडटकम,
रुकुम पूर्व : श्रीमतीले चिर्पट हान्दा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिका–२ का २३ वर्षीय बिछोड बिकको श्रीमती रेश्मा बिकले चिर्पटले हान्दा मृत्यु भएको हो ।
पारिवारिक विवादका क्रममा मंगलवार राति ११ बजे बिछोडको श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको वडाध्यक्ष जीवन केसीले बताए । वडाध्यक्ष केसीका अनुसार, बिहानपख मात्र घटनाबारे खबर पाएपछि प्रहरीलाई खबर गरिएको हो ।
बिछोडको टाउको, नाक, मुखबाट धेरै रगत बगेपछि मृत्यु भएको हुनसक्ने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र रेश्मा बिकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     1:39:38 PM  |