जननेता मदन जयन्तीको अवसरमा बाँकेको खजुरा–४ मा बृक्षारोपण

  
  प्रकाशित मितिः बुधबार, असार १७, २०७७       | 90 Views   ||


सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका वडान ४ को मनकामना आधारभूत विद्यालयको परिषरमा मदन जयन्तीको अवसरमा बृक्षरोपण गरिएको छ ।

तत्कालिन एमालेका महासचिव समेत रहेका जननेता मदन भन्डारीको जन्मजयन्ती अवसर पारेर विभिन्न जातका १५० बिरुवा लगाइएको नेकपा जिल्ला कमिटी बाँकेका सदस्य एबम खजुरा गाउँपालिका वडन ४ का इन्चार्ज सतिश निरौलाले जानकारी दिए ।

नेकपा वडान ४ को वडा कमिटीको आयोजनामा गरिएको सो बृक्षारोपण कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राजकुमार बिक, जिल्ला कमिटी सदस्य भिम ओली, खजुरा गाउँपालिका वडान ४ का वडा अध्यक्ष तिलकबिर सुनार, खजुरा सहकारीका अध्यक्ष निर्मल खनाल, मनकामना आधारभुत विद्यालयका अध्यक्ष देवराम बिसि, प्रअ तिर्थ बिक स्थानीय अगुवा शेरबहादुर बिसि, झगबहादुर पौडेल, अर्जुन थापालगायत नेता कार्यकर्ता तथा स्थानीयहरुको उपस्तिथी रहेको सो कार्यक्रमको अध्यक्षता वडा कमिटीका अध्यक्ष खडक ओलीले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, असार १७, २०७७     12:50:56 PM  |