वडाध्यक्षको सुविधा कटौती गरिने

१६ असार २०७७, मंगलवार १६:२६
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुको सुविधा कटौती गर्न कानुन संशोधन प्रस्ताव गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
यसअघि कानूनमा वडाध्यक्ष र स्थानीय तहका पदाधिकारीलाई भुलवश एउटै किसिमले परिभाषित गरी सेवासुविधाको व्यवस्था गरिएकाले कानून संशोधन गर्नुपरेको उनले बताए । यसअघिको कानूनमा स्थानीय तहका पदाधिकारीका रुपमा वडाध्यक्षले सुविधा खाइपाइ आएका थिए ।
उपमहानगरपालिका र नगरपालिकाका वडाध्यक्षले खानेपानी तथा सरसफाइ शीर्षकमा मासिक पाँच हजार र विद्युत् तथा ऊर्जा शीर्षकमा पाँच हजार गरी १० हजार सुविधा तथा गाउँपालिकाका वडाध्यक्षले मासिक रु चार हजार सुविधा खाइपाइ आएकामा कानूनमा कटौती गर्ने प्रस्ताव गरिएको मन्त्री चौधरीले जानकारी दिए ।

Next Post

कोरोना संक्रमितको संख्या साढे तेह्र हजार नाघ्यो

१६ असार २०७७, मंगलवार १६:२६
सदरलाइनडटकम, नेपालगञ्ज : मंगलवार देशभर ३ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर संक्रमितको संख्या कुल १३ हजार पाँच सय ६७ पुगेको छ । मंगलवार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या […]