बाँकेका आइसोलेशन सेन्टर रित्तिँदै

१६ असार २०७७, मंगलवार १४:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका आइसोलेशन सेन्टर रित्तिँदै गएका छन् । कोरोना संक्रमण देखिएका ब्यक्तिहरु निको हुँदै घर जाने क्रम बढेपछि बाँकेका आइसोलेशन सेन्टर रित्तिँदै गएका हुन् ।
मंगलवार एकजना व्यक्ति निकाके भएर घर फर्केसंगै अव बाँकेका आइसोलेशनमा २९ जनामात्र बाँकी छन् । कोरोना संक्रमितहरु धमाधम डिस्चार्ज भएसँगै ९ वटा आइसोलेशन सेन्टर खाली भइएका छन् ।
कोहलपुरस्थित पिपरीको आइसोलेशन सेन्टरबाट मंगलवार एकजना कोरोना संक्रमित निको भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

वडाध्यक्षको सुविधा कटौती गरिने

१६ असार २०७७, मंगलवार १४:५७
सदरलाइनडटकम, बुटवल : प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुको सुविधा कटौती गर्न कानुन संशोधन प्रस्ताव गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए […]

सम्बन्धित