कोबिड–१९ संक्रमितको शल्यक्रिया सुरक्षाका सवै मापदण्ड पुराउँदा नियमित काम जस्तै हो

  
  प्रकाशित मितिः सोमवार, असार १५, २०७७       | 84 Views   ||


सदरलाइन / रुद्र सुवेदी,
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोबिड–१९ बिरामीको शल्यक्रिया गर्ने चिकित्सक डा. प्रदिप थापाले सुरक्षाका सवै मापदण्ड पुरा गरेर काम गर्दा आफुहरुको नियमित काम जस्तै भएको बताएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सर्जरी विभागमा कार्यरत डा. प्रदिप थापाले पहिलोपटक आद्रामा समस्या भएकी १८ हप्ताकी गर्भवती समेत रहेकी महिला जो कोरोना संक्रमित थिईन उनको सफल शल्यक्रिया गर्न संलग्न रहेका थिए । सरकारले कोबिड–१९ को विरामीका लागि तेस्रो चरणको अस्पताल घोषणा गरेको छ ।

उनले आफ्नो अनुभव सुनाउदै भने–‘ सुरुका दिनमा अलि कताकता डर त्रास जस्तो फिल भएको तर, जे भएपनि आफैले गर्ने हो भन्ने भावनाले विरामीको उपचारमा जुटियो विरामी कोरोना मुक्त हुँदै उहाँको समस्या पनि समाधान हुँदै गयो । यो हाम्रो लगि पनि पहिलो अनुभव र अवसर थियो ।’ उनले सुजबुझका साथ टिमवर्क गरेको कारण आफुहरु संक्रमणबाट जोगिएर संक्रमित विरामीको उपचारमा लाग्दा सफलता पाईएको बताए ।

उनले कोबिड–१९ पोजेटिभ विरामिको उपचार गर्ने शल्यक्रिया गर्ने सबै सामान्य बिरामीको जस्तै भएको बताउदै भने–‘ बिरामीमा कारोना पोजेटिभ थपिएपछि चाँहीँ विषेश सावधानी अपनाउनु पर्ने कुरा के हो भने, बिरामीमा रहेको संक्रमण अरुलाई नसरोस र अरुबाट पनि विरामीमा नसरोस भन्ने सावधानी अपनाउनु पर्छ ।’

उनले विरामीलाई अफ्ठ्यारो हुन नदिन र एउटा विरामीबाट स्वास्थ उपचारमा संलग्न स्वास्थकर्मिहरुलाई कोरोना संक्रमण नहोस भनेर प्रयोग गरिने सामानहरुको व्यवस्थापन गर्न गाह्रो हुने कुरा रहेका तर, बिस्तारै नियमित गर्ने कम नैत हो भन्ने सोचेर टिम मुभ भयो र सक्सेस रिजल्ट पनि दिन सकेको बताए ।

उनले अस्पतालमा कोरोना संक्रमित विरामीको केश आएदेखि नै सर्जरीको टिम फस्ट स्टेजबाट तयारी अवस्थामा रहेको कारण खासै कठीन नभएको बताउदै ‘यत्ति हो आफु बच्न परो अनि आफ्नो स्टाफलाई बचाउन परो । सबैजना बचेपछि समुदाय बच्ने हो सोच र सुझबुझका साथ नियमित सुझबुझका साथ काम गरीयो सफल पनि भईयो’– खुसी हुँदै उनले भने ।

‘कोरोना पोजेटिभ विरामीको उपचारको पहिलो अनुभवभएको हुनाले अलिअलि डर र सन्त्रास त भए पनि विरामीको हेरचाह गर्दा विरामीसंगको नियमित संम्पर्कले गर्दा सर्ने हो की भन्ने डर हुन्थ्यो, तर सवै मापदण्ड पुरा गरेर काम गरेको हुनाले खासै डर छैन । विरामीहरु विस्तारै सन्चो भैराख्नु भा छ । जे होस चारैतिरबाट सबैको सहयोगका कारण ठिक छ । यसमा सबैको सहयोग छ’ उनले भने ।

उनले पहिलो केश हेण्डल गरेपछि आफुहरुको मनोबल पनि उच्च भएको बताउदै भने–‘हामि पनि कोरोनाको विरामीलाई ट्याकल गर्न सक्छौ । यसमा सक्षम छौं भन्नेकुराले मनोबल उच्च बनाएको छ । आत्मविश्वास पनि बढेको छ । हामिसंग पर्याप्त जनशक्ति रै छ भन्ने कुरा पनि थाहा भो । मनोबल बढाउनका लागि सबभन्दा त सुरक्षाको प्रत्याभुति हुनुपर्छ । सरकारी तथा निजि अस्पतालहरुले पिपिई र प्रोत्साहनको व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित मितिः सोमवार, असार १५, २०७७     1:33:47 PM  |