योजना सशोधन गरी भेरी अस्पताललाई भेन्टीलेटर दिदै सांसद राई

१४ असार २०७७, आईतवार १९:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारणले पुरा हुन नसक्ने बाँकेका केही योजनाहरुको संशोधन गरि भेरी अस्पताललाई भेन्टीलेटर खरिद गरिने भएको छ ।

बाँके निर्बाचन क्षेत्र नं. २ निर्वाचन क्षेत्र विकास कोषबाट कोबिड–१९ को जटिल बिरामीको उपचारको लागि आवश्यक पर्ने भेन्टीलेटर खरिद गर्ने गरी सांसद महोम्मद ईस्यिाक राईले आफ्नो संसद विकास कोषको योजना संशोधन गरेका हुन ।

यसअघि छनौटमा परेका योजनाहरु जो कोरोना महामारीका कारण ठेक्का भई सम्झौता हुन नसकेका र ठेक्का समेत हुन नसकेका डेढ करोड बराबरका तीनवटा योजना संशोधन गरिएको उनले बताए ।


स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको संचालन कार्यविधि २०७६ को नियम ५(१) बमोजिम गठित कार्यक्रम निर्देशक समितिको आईतबार बसेको बैठकले योजनाहरुको संशोधन गरेको हो ।

यसअघि प्रस्ताव गरिएको योजनाहरु करबला कब्रिस्तान र मदरसाहरुको भौतिक पुर्वाधार निमार्ण, डुडुवा गाँउपालिका वडानं. ६ मा रहेको बालसुधार गृहको स्तरोन्नती गर्ने साथै १ थान एम्बुलेन्स खरिद गरी सन्चालनका लागि नेपालगञ्ज उप–महानगर वडा नं.१८ मा रहेको प्रहरी अस्पताललाई हस्तान्तरण गर्ने र आस्ताना हजरत ईब्राहिम खलील अहमद शाह डुडूवा–३ मदरसा दारुल उलम उलुम ईब्राहिमीया गुल्सने खलील डुडूवा–३ स्तरोन्नती गरिने योजनालाई संशोधन गरि कोभिड–१९ का लागि आवश्यक पर्ने आईशोलेसनमा उपयोग हुने गरि भेन्टीलेटर उपकरण खरिद गर्न भेरी अस्पताल नेपालगञ्जमा जडान गर्ने योजना ल्याईएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२, बाँकेका सांसद मोहम्मद ईस्तीयाक राईको संयोजकत्वमा बसेको बैठकमा जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनार, विषेश आमन्त्रीत जिल्ला समन्वय समिति अध्यक्ष अजय श्रीवास्तव र खरिदार थानेश्वर नेउपाने सहभागि रहेका थिए ।

Next Post

नेपाल कपडा तथा सिलाई व्यवसायी संघले बुझायो ज्ञापनपत्र

१४ असार २०७७, आईतवार १९:२४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाँकेले लकडाउन अवधीभरको घरभाडा तथा बैंकको व्याज मिनाह गर्न लगायतका माग राखेर नेपालगञ्ज उप–महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । संघले उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरलाई बुझाएको ज्ञापन पत्रमा बाँकेमा रहेका सम्पूर्ण सिलाई व्यवसायी पेसाकर्मीहरुको समस्यालाई मध्य यनजर गर्दै समस्या समाधानका लागि ४ […]