कोरोनामुक्त भई बाँकेमा तीन जना डिस्चार्ज

  
  प्रकाशित मितिः आइतवार, असार १४, २०७७       | 137 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा उपचार गराइ रहेका तीन जना कोरोना संक्रमित आइतवार डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशन सेन्टर र अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट राप्तिसोनारीका एकजना र डुडुवाको शाहपुर्वा आइसोलेशन सेन्टरबाट दुई गरी तीनजना डिस्चार्ज भइ घर गएका हुन् ।
बाँकेमा हालसम्म ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ को मृत्यु भएको छ भने अहिले ४१ जना उपचाररत छन् ।

प्रकाशित मितिः आइतवार, असार १४, २०७७     1:16:34 PM  |