कोरोना हटस्पट बनेको नरैनापुर कोरोना मुक्त भएसंगै विकासले गतिलिदै

१४ असार २०७७, आईतवार ०९:५१
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका कोबिड–१९ नोबल कोरोना भाइरसको हटस्पट बन्यो, बाँके जिल्लाकै अत्यन्तै विकट गाउपालिकाको पहिचान बनाएको नरैनापुरमा अहिले संक्रमितको संख्या शुन्यमा झरेको छ ।

कसरी नियन्त्रणमा आयो कोरोना भाईरसको हटस्पट बनेको नरैनापुरमा कोरोनाको संक्रमण ? एकाएक संक्रमितको संख्या बृद्धि भएपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि निषेधाज्ञा सहित सेना परिचालन गरिएपछि स्थिति नियन्त्रणमा आएको हो ।

बाँकेको नरैनापुरमा बैशाखको अन्तिम सातादेखि जेठको दोस्रो सातासम्म कोरोना भाईरसका १ सय १८ जना संक्रमित फेला परे । देशभरमा ५ सय जना संक्रमित हुदा बाँकेको नरैनापुरमा मात्रै १ सय भन्दा बढी संक्रमित थिए । नरैनापुरमा गत बैशाख ३१ गते ८ जनामा संक्रमण पुस्टि भएसंगै जेठ १४ गतेसम्म बढेर ११८ जना पुगेका थिए ।

अवस्था भयावह भएपछि जिल्ला सुरक्षा समितिले नरैनापुरमा निषेधज्ञा घोषणा गरी सेना परिचालन गर्यो । सेना परिचालन भएपछि अवस्था सामान्य हुनुको साथै त्यहाँको विकासले पनि गति लिएको छ । वर्षौदेखिको अपुरो बाटोघाटो र विद्युतिकरणले पूर्णता पाएको छ । नेपालगञ्जदेखि सुईयासम्म कालोपत्रे बाटो र विद्युतिकरण यसै अबधीमा सम्पन्न भएको छ ।

असार महिनाको पहिलो साताको अन्तसम्म आइपुग्दा देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ नाघी सकेको थियो । तर अहिले भने १२ हजार ३ सय ९ जना पुगेका छन् भने बाँकेमा ४८ जना रहेका छन । कोरोना संक्रमणको हटस्पट बनेको बाकेको नरैनापुरका सबै संक्रमितहरु निको भएर आइसोलेशन स्थलहरुबाट घर फर्कि सकेका छन ।

जेठको १४ गतेपछि नरैनापुरमा नया संक्रमित थपिएका छैनन । भने ३१ गतेदेखि सबै संक्रमित आईसोलेशनबाट घर फर्की सेकेका छन । अवस्था सामान्य भएपछि जिल्ला सुरक्षा समितिले नरैनापुरको अवस्थाको बारे स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा रहेकालाई भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नहकुल थापा, र सेनानी सुरेश श्रेष्ठले अवस्थाको बारेमा ब्रिफिङ्ग गरेका थिए ।

अवस्था भयावह भएपछि जिल्ला सुरक्षा समितिले नरैनापुरमा निषेधज्ञा घोषणा गरी सेना परिचालन गर्यो । सेना परिचालन भएपछि अवस्था सामान्य हुनुको साथै त्यहाँको विकासले पनि गति लिएको छ । वर्षौदेखिको अपुरो बाटोघाटो र विद्युतिकरणले पूर्णता पाएको छ । नेपालगञ्जदेखि सुईयासम्म कालोपत्रे बाटो र विद्युतिकरण यसै अबधीमा सम्पन्न भएको छ ।

भारतबाट फर्कने युवाहरुको संख्या घट्दै गएपछि नरैनापुरका १५ वटा क्वारेन्टाइन स्थल मध्ये ११ वटा क्वारेन्टाइन स्थल बन्द भएका छन । क्वारेन्टाइन स्थलमा बस्नेहरुको संख्या ७/८ सयबाट घटेर करिब १ सय मा झरेको छ ।


भारतको महाराष्टबाट दैनिक ३/४ सय युवाहरु घर फर्किने थाले पछि जेठ महिनाको पहिलो साता नरैनापुरको स्थित भद्रगोल र अस्तब्यस्त भयो । स्थानीयले क्वारेन्टाईनमा बसेकालाई घर लैजाने, तथा संक्रमण पुष्टि भएकालाई आईसोलेशनमा लैजान नदिने जस्ता गतिविधि गरे ।

जेठको ४ गते एक युवाको क्वारेन्टाइन स्थल मै मृत्यु भयो । त्यसपछि अबस्था झनै भयाबह बन्यो । जेठ ११ गते नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर नेपाली सेनालाई परिचालन गरेपछि नरैनापुरमा कोरोना संक्रमण नियन्त्रणमा आएको हो ।
नेपाली सेनाले नरैनापुर ६ मा अस्थायी बेश क्याम्प खडा गरेर त्यहाको अवस्थाको निगरानी गर्दै आएको नेपाली सेनाको नंम्बर ४ बाहिनीका बाहिनीपति तथा सहायक रथी सुरेशकुमार बानियाले जानकारी दिए ।

सेनाले नरैनापुरमा क्वारेन्टाइल स्थलमा रहेका युवाहरुलाई सम्झाउने , क्वारेन्टाइल स्थलबाट भागेर राती घरमा जाने र बिहान फर्केने, परिबारका सदस्यहरुले क्वारेन्टाइल स्थल मै पुगेर आफन्तहरुसंग भेटघाट गर्ने कार्यलाई कडाईका नियन्त्रण गरेको फिल्डमा खटेको नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नहकुल थापाले जानकारी दिए ।

उसो त नरैनापुरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा कार्यमा तैनाथ छ । पछिल्लो समयमा नरैनापुरमा कोरोना भाईरसको संक्रमण नियन्त्ररण भए पनि के खाने भन्ने समस्याले गरिब तथा बिपन्न परिबारका पिरोलिएका छन । स्थिति भयावह हुन नदिन क्वारेन्टाईन व्यवस्थापनको लागि प्लान ईन्टरनेशनल नेपालले बाके युनेस्को क्लब मार्फत विभिन्न सामाग्री उपलब्ध गराएको छ ।

नरैनापुरमा हालसम्म ९ सय ९६ जनाको पिसिआर र ७ सय ८५ जनाको आरडिटी टेष्ट भै सकेको छ । सेना परिचालनकै अवधिमा नरैनापुरमा बाटो र विद्युत दुबै पुगेको छ । जुन नरैनापुरबासीको वर्षौदेखिको सपना थियो ।

नरैनापुरमा कोरोना संक्रमण नियन्त्रणमा आएपछि त्यहाको विकास निर्माणले गतिलिन सुरु गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए ।

Next Post

कोरोनामुक्त भई बाँकेमा तीन जना डिस्चार्ज

१४ असार २०७७, आईतवार ०९:५१
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा उपचार गराइ रहेका तीन जना कोरोना संक्रमित आइतवार डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशन सेन्टर र अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट राप्तिसोनारीका एकजना र डुडुवाको […]