सुत्केरी महिला कोरोनामुक्त भई डिस्चार्ज

१३ असार २०७७, शनिबार १६:३६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना संक्रमित सुत्केरी महिला निको भई शनिवार डिस्चार्ज भएकी छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कपिलवस्तु कृष्णनगर निवासी २७ वर्षीया सुत्केरी महिला कोरोनामुक्त भई आफ्नो बच्चासहित शनिवार डिस्चार्ज भएकी हुन् ।
आमा र बच्चा दुबैको दोश्रो पटक कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई डिस्चार्ज गरिएको । अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । ३८ हप्ताकी कोरोना संक्रमित गर्भवती महिलाको असार ६ गते शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई कोभिड वार्डबाट आइसोलेशन वार्डमा सारिएको थियो । शनिवार ती महिला र बच्चाको दोश्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

Next Post

शनिवार ५५४ कोरोना संक्रमित थपिए

१३ असार २०७७, शनिबार १६:३६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार १ सय २० जना महिला र ४ सय ३४ पुरुष थपिएका हुन् । योसँगै नेपालमा […]