कोरोनाको तेस्रो लेभलको अस्पतालमा उपचारत संक्रमित कोरोना मुक्त

१२ असार २०७७, शुक्रबार १८:२७
 

सदरलाइन /रुद्र सुवेदी,
कोहलपुर (बाँके)  : कोरोनाको लागि तेस्रो लेभलको अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शल्यक्रिया गराएका तीन जना कोरोना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरू तीनै जनालाई संक्रमणमुक्त भएपछि नर्मल वार्डमा सारेर उपचार सुरु गरेको अस्पतालका सहनिर्देशक डा. नितेशकुमार कनोडियाले जानकारी दिए ।

यसअघि उनीहरूको कोभिड वार्डमा उपचार हुँदै आएको थियो । उनीहरूको सफल शल्यक्रियापछि कोरोना संक्रमणमुक्त भएका हुन । अस्पतालमा अछाम, चौरपाटी गांउपालिका–५ की २५ वर्षकी १८ हप्ताकी गर्भवती महिलाको ठूलो आन्द्रामा समस्या भएर उपचारको लागि अस्पताल भर्ना भएका थिईन ।

कोरोना पोजेटिभ ती महिलाको ठूलो आन्द्रामा समस्या देखिएपछि २७ गते अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टिमले सफल शल्यक्रिया गरी उपचार गर्दै आएको अस्पतालका सह निर्देशक डा. नितेशले जानकारी दिए ।


उनले कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीय ३८ हप्ताको गर्भवती महिला भीम अस्पताल सिद्धार्थनगर रुपन्देहीबाट रिफर भई शिक्षण अस्पताल कोहलपुरमा सफल शल्यक्रिया गरी बच्चा जन्मिएको बिताए ।

गर्भवती महिलालाई प्रोटोकलअनुसार जाँच गरी बिरामीको ६ गते शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि बच्चा जन्माएकी ती महिलाको स्वाबको नमुनाको पिसिआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि कोभिड वार्डबाट असार १० गतेदेखि आइसोलेसन वार्डमा सारिएको छ ।

त्यस्तै रुकुम सानोभेरी नगरपालिका– १ का ८२ वर्षीय जेष्ठ नागरिक पेट दुख्ने समस्या भएपछि जेठ २२ गते अस्पतालमा भर्ना भएका थिए । उनको पनि स्वाबको नमुनाको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आयपछि उनलाई कोभिड वार्डमा भर्ना गरेर उपचार भैरहेकोमा असार १० गते पुन पिसिआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएपछि आइसोलेसन वार्डमा सारिएको छ ।

अस्पतालले कोभिड–१९ का शंका भएका ४१५ जना बिरामीहरुको निःशुल्क उपचार गर्दै आईरहेका जानकारी दिएको छ । कोरोना संक्रमितहरुलाई समेत उपचार सेवा प्रदान गर्दै आएको शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आउने सबै किसिमका बिरामीहरुलाई अस्पतालले उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आएको दाबी अस्पतालको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर कोरोना उपचारका लागि सरकारले तोकेको लेभल ३ स्तरको अस्पताल हो ।

Next Post

बाँकेमा २३ जना कोरोना मुक्तभई डिस्चार्ज हुँदा २ जना नयाँ थपिए

१२ असार २०७७, शुक्रबार १८:२७
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट मुक्त भई बाँकेका विभिन्न ३ वटा आईसोलेशनबाट २३ जना डिस्र्चाज भएका छन् । भने २ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्बन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार नेपालगञ्जको आदर्शनगर आईशोलेशन सेन्टरबाट राप्तीसोनारी गाउपालिकाका ११ जना, कृषि तालिम […]