राष्ट्रिय वाणिज्य बैैंक त्रीभुवनचोक शाखा प्रबन्धक पक्राउ

१२ असार २०७७, शुक्रबार १६:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले शुक्रबार नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कागजात किर्ते गरी एक करोड २५ लाख रुपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले जानकारी दिए ।


उनले प्रबन्धक शाहीलाई शुक्रबार नै जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरि अनुसंन्धान सुरु गरेको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी जसगढले जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा, कर तिरेको रसिद, मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा २७ जेठ मै पक्राउ परेका थिए ।

Next Post

कोरोना संक्रमितको संख्या उकालो लाग्दै

१२ असार २०७७, शुक्रबार १६:३३
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशमा ५९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार शुक्रवार थपिनेमा १ सय ७ महिला र ४ सय ८६ पुरुष गरी ५ सय ९३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ […]