अवैध सुर्तीजन्य सामग्री बरामद

  
  प्रकाशित मितिः बिहिबार, असार ११, २०७७       | 294 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बाँकेमा ठुलो परिमाणमा अवैध सुर्तीजन्य सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको २ लाख ३५ हजार मूल्य बराबरको सुर्ती डुडुवा गाउँपालिकाको वडा नम्बर १ होलियाबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा बिहीवार गएको गस्ती टोलीले सुर्तीजन्य सामग्री बरामद गरेको बताइएको छ । बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, असार ११, २०७७     5:40:14 PM  |