नागरिकता विधेयकविरुद्ध जनमत पार्टी आन्दोलित

११ असार २०७७, बिहीबार १७:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नागरिकता संशोधन बिधेयकबिरुद्ध आन्दोलनमा उत्रिएको जनमत पार्टी बाँकेले बिहीवार सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी कार्यालयबाट शुरु भएको र्याली परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई ज्ञापनपत्र बझाएको हो ।
जनमत पार्टीका नेता इरफान अहमद शेषको अध्यक्षतामा निकालिएको र्यालीमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, नेपाली बुहारीलाई नागरिकता बिहीन गर्न पाइदैनलगायतका नारा लगाएका थिए ।
सिंहदरबारमा आइतवार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ ।
कार्यक्रममा नेताद्वय मोहम्मद हुशेन शाह, राजितराम बर्मा, अब्दुल वाहिद शेष, जाबिर हल्वाइ, रियाज अंसारी, अल्ताफ राई, प्रदिप गडरिया, शिव शंकर भाँट, आरिफ खान, मुजफ्फर शेष, नाजमा बागवान, सफिक जसगड, हसिब जसगडलगायतको सहभागिता रहेको जनमत पार्टी बाँकेका नेता हरपाल सिंहले बताए ।

Next Post

अवैध सुर्तीजन्य सामग्री बरामद

११ असार २०७७, बिहीबार १७:०५
सदरलाइनडटकम, नेपालगञ्ज : सशस्त्र प्रहरी बाँकेमा ठुलो परिमाणमा अवैध सुर्तीजन्य सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको २ लाख ३५ हजार मूल्य बराबरको सुर्ती डुडुवा गाउँपालिकाको वडा नम्बर १ होलियाबाट बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक […]