बर्दिया र रुकुममा थप ७ जनामा कोरोना पुष्टि

११ असार २०७७, बिहीबार १६:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दिया र रुकुमका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थिते भेरी अस्पतालको प्रयोगशालामा बिहीवार गरिएको परीक्षणमा बर्दियाका ६ र रुकुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बर्दियाका नयाँ संक्रमितहरुमा २५ वर्षीय एक महिलासहित ३, २०, २८ र ३० वर्षीय ४ पुरुष र एउटा उमेर नखुलेको पुरुष रहेका छन् । त्यसैगरी रुकुमका १७ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालल जनाएको छ ।

Next Post

कोरोना संक्रमितको संख्या ११ हजार पार

११ असार २०७७, बिहीबार १६:४४
सदरलाइनडटकम, नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बिहीवार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३ सय ८६ पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको मन्त्रालयका […]