भारतबाट नौ थान मोबाईल लिएर आउने एक पक्राउ

१० असार २०७७, बुधबार २०:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय जमुनाहले भारतबाट लुकाई छिपाई ल्याउदै गरेको करिव अढाईलाख बजार मुल्य बराबरको ९ थान मोबाईल सहित एक व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको छ ।

बुधबार साँझ करिव ५ बजेको समयमा ईप्रका जमुनाहका ईन्चार्ज बिष्णु गिरीको कमाण्डमा रहेको टोलीले नेपालगन्ज–१५ जमुनाह चोकबाट भिभो वाई १२ मोडलको ३ थान, भिभो वाई १५ मोडलको १ थान, भिभो वाई ११ मोडलको १ थान, रिडमी नोट ८ प्रो ४ थान सहित नेपालगन्ज–१६ जयसपुरका २० वर्षिय शम्साद अन्सारीलाई नियन्त्रणमा लिएको हो ।


लामो समयदेखि भारतबाट चोरीबाटो हुँदै मोबाईल तथा ईलोक्ट्रोनिक्स सामान नेपाल भित्रिने गरेको सूचना प्राप्त भए अनुसार प्रहरीले निगरानी बढाई रहेको बेलामा पहिलो पटक मोबाईल सहित ल्याउने व्यक्ति नियन्त्रणमा लिन सफल भएको हो ।

Next Post

‘डब्लुडब्लुजे’ बाँके मार्फत पत्रकार महिलालाई पूर्वमन्त्री राईद्वारा राहत

१० असार २०७७, बुधबार २०:१८
सदरलाइनडटकम, नेपालगञ्ज : क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे बाँकले विभिन्न जिल्लाबाट बाँकेमा आई पत्रकारिता गरिरहेका भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री र एन ९५ माक्स वितरण गरेको छ । बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा सो राहत वितरण गरिएको क्रियाशिल पत्रकार महिला […]

सम्बन्धित