लद्दाख पुगे भारतीय सेना प्रमुख

१० असार २०७७, बुधबार १६:११
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले बुधवार लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । सेना प्रमुखले सीमा क्षेत्रका अधिकारीसँग कुराकानी पनि गरेको जी न्युजले जनाएको छ ।
भ्रमणको क्रममा सेना प्रमुखले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मानित गरेका छन् । सेना प्रमुखकको आजको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेना प्रमुख एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए ।
उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’ सेना प्रमुखको एलएसीको यो भ्रमण आज सकिँदैछ । यही क्षेत्रमा गएको हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो । सेनाध्यक्षले गलवान सङ्घर्षमा घाइते भएका सैनिकसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Next Post

कोरोना संक्रमितको संख्या १० हजार पार

१० असार २०७७, बुधबार १६:११
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा बुधवार कोरोना भाइरसका ६२९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज […]

सम्बन्धित