नागरकिता बिधेयकबिरुद्ध नेपालगञ्जमा प्रदर्शन

  
  प्रकाशित मितिः बुधबार, असार १०, २०७७       | 223 Views   ||


सदरलाइनडटकम,
नेपालगञ्ज : जनता समाजवादी पार्टी नेपालले नागरिकता संसोधन बिधेयक २०७७ बिरुद्ध नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ । पार्टीले विधेयकप्रति असहमति जनाउँदै बुधवार नेपालगञ्जमा बिरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्नासमेत दिएको छ ।
प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, नेपाली बुहारीलाई नागरिकता बिहिन गर्न पाइदैन, गायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागि नेता कार्यकर्ता नागरिकता बिधेयक बाहेक लिपुलेक, कालापानी लिम्पियाधुरा हाम्रै हो हाम्रै हो, सगरमाथा हाम्रै हो भन्ने समेतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागि जसपाका युवा नेता दुर्गेश गुप्ताले सरकारले ल्याएको बिधेयकले हाम्रो रोटीबेटीको सम्बन्धम असर पुग्ने बताए । अर्को मूलुकबाट विवाह गरी आउने बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता दिने कार्य संविधानको मूलमर्म र भावना विपरीत भएको जसपाको धारणा छ ।
यसले नेपाल भारतबीच युगौंदेखि रहेको रोटीबेटी र सांस्कृतिक सम्बन्धमा खलल पुग्ने जसपा बाँकेकी महिला नेतृ रेखा गुप्ताले बताइन् । उनुभयो । सिंहदरबारमा आइतवार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेको हो ।

प्रकाशित मितिः बुधबार, असार १०, २०७७     3:56:55 PM  |