कोरोना कहर : बाँकेमा ११ थपिए बर्दियामा १

१० असार २०७७, बुधबार १३:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  भेरी अस्पताल नेपालगञ्जमा गरीएको कोरोना परीक्षणमा बाँकेमा ११ जना र बर्दियामा १ जनामा कोरोना पुष्टि भएको छ ।

तीन दिनसम्म कोरोना संक्रमण नदेखिएको बाँकेमा पुनः संक्रमण देखिएको हो । भेरी अस्पतालद्वारा बुधबार दिउसो १ बजे जारी सूचना अनुसार बाँकेका ११ सहित बर्दियाका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ ।


नयाँ कोरोना संक्रमितहरुमा बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ६ का ३, १६, २२, २३, २८, ३२ र ४० वर्ष उमेर समुहका ७ जना पुरुष, बैजनाथ २ का २ जना पुरुष र कोहलपुर कोहलपुर २ का २५ र ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी भेरी मै गरीएको परिक्षणमा बर्दिया ढाकुरबाबा नगरपालिका २ का ४३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण देखिएको उल्लेख छ । भेरी अस्पतालले पछिल्लो ४ दिनमा ९ सय ५२ जनाको कोरोना परिक्षण गरेकोमा १२ जनालाई मात्र संक्रमण देखिएको जारी सुचनामा उल्लेख गरेको छ ।

Next Post

बाँकेको खजुरा गाउपालिकाको नीति र कार्यक्रम प्रस्तुत

१० असार २०७७, बुधबार १३:५७
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेर आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षतिले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पुर्वाधार र रोजगारीलाई प्राथामिकतामा राखेको कुरामा जोड […]