हत्या, अपहरण जस्ता मुद्दाका आरोपी यादव बाँके प्रहरी नियन्त्रणमा

९ असार २०७७, मंगलवार १२:२७
 

सदरलाइनडटकम,नेपालगञ्ज : बाँके प्रहरीले बिगतमा सशस्त्र भूमिगत समूहमा रहेर हत्या, अपहरण, ज्यानमार्ने उद्योग बमविष्फोट तथा अपहरण गरी फिरौती रकम माग गर्ने व्यक्ति नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका ३ बनकट्ीका ३१ बर्षिय धर्मासिंह भनिने राजेशकुमार यादव प्रहरी नियन्त्रणमा लिन सफल भएको हो ।

उनलाई मंगलबार बिहान ३ बजेतिर उनकै घरबाट नियन्त्रणमा लिन सफल भएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाँके प्रहरी प्रमुख रानाले प्रहरी नियन्त्रणमा रहेका यादव माथि अपहरण, फिरौती माग, बम विष्फोट जस्ता ४ वटा फरक–फरक मुद्धामा अदालतको फैसला समेत आईसकेको जानकारी दिदै यी मुद्दामा उनलाई अधिकतम ४ वर्ष, न्यूनतम ६ महिना कैद र जरिवाना दुबै तोकेको अबस्था रहेको बताए ।


यादवले विगतमा सशस्त्र भूमिगत तराई जनतान्त्रिक मुक्ती मोर्चा ज्वालासिंह समूहमा आवद्ध रहेर बाँकेमा अहपरणगरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विस्फोट, फिरौती रकम माग गर्ने कार्यमा संलग्न रहेको ५ वटा मुद्दा अदालतमा बिचारधिन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीमाथि २ जनाको हत्या गरेको र ३ वटा ज्यान मार्ने उद्योग कसुरको उजुरी प्रहरीमा छ । बसन्त मल्ल, नन्नादेबि यादवको गोली हानी हत्या गरेको उजुरी रहेको छ ।

बाँकेमा अपराध गर्ने र भारतमा लुकेर बस्ने गरेका कारण उनलाई पक्राउ गर्न प्रहरीलाई ठूलो सकस पर्दै आएको थियो । उनको पक्राउलाई प्रहरीले ठूलो उपलब्धी मानेको छ । प्रहरीले उनको साथबाट तरवार, चुप्पी, मोबलाईल, फोन डायरीलगायतका समाग्री बरामद गरेको छ ।

Next Post

कोरोना संक्रमितको संख्या १० हजार पार

९ असार २०७७, मंगलवार १२:२७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको नतिजासँगै यो संख्या पुगेको हो । स्वास्थ्य तथा जसंख्या मन्त्रालयले मंगलवार जारी गरेको सूचनाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यसैबीच नेपालमा कोरोना भाइरसबाट […]