सांसद गिरीले पार्टी व्हिप नमानेको संसदिय दलको पार्टीलाई जानकारी

७ असार २०७७, आईतवार १९:११
 

सदरलाइनडटकम,
काठमाण्डौ  : संविधान संशोधनको पक्षमा मतदान गर्न तथा संशोधन प्रस्ताव फिर्तालिन पार्टीले गरेको ह्वीप नमानेपछि जनता समाजवादी पार्टिका सांसद सरिता गिरीलाई कारवाहीको माग गर्दै समाजबादी पार्टी संसदिय दलले पार्टीलाई जानकारी पत्र लेखेको छ ।

समाजबादी पार्टी संसदिय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाद्वारा हस्ताक्षरित पार्टीलाई लेखेको जानकारी पत्रमा लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न संविधान संशोधन गर्ने विषयमा सांसद गिरिले सरकारको प्रस्तावको बिपरित संशोधन प्रस्ताव दर्ता गरेको र पार्टीको निर्णय लत्याउदै मतदानमा समेत भाग नलिई सदन छाडेर गएको कुरा उल्लेख गरिएको छ ।


‘नेपालको संविधानको धारा ९ को उपधारा २ अनुरुप अनुसुची ३ लाई संशोधन गर्न बनेको संशोधन, २०७७ का विरुद्दमा सांसद गिरीले श्रोत र प्रमाण नखुलाएको विधयकको दफा २ हटाउनु पर्ने भनि पार्टिको निर्देशन विपरित संशोधन दर्ता गराएको र सो संशोधन फिर्तालिन पार्टिले दिएको लिखित निर्देशन समेत नमानेकोले कारवाहिको माग गरिएको पत्रमा उल्लेख छ ।

समाजवादी पार्टिका प्रमुख सचेतक अरगरियाको हस्तक्षरित पत्र संख्या ७७÷०७८ चनं. ११ को सो पत्रमा सांसद गिरीले संसदीय दलको निर्णय र व्हिपलाई समेत उल्लंघन गरि मतदानमा समेत भाग नलिएको र संसद भवनबाट बाहिरिएको कुरा भनिएको छ ।

Next Post

मर्यादित महिनावारी !

७ असार २०७७, आईतवार १९:११
माया शर्मा, मानव अधिकारको क्षेत्रमा कार्यरत महिनावारी नियमित प्रकिया हो भन्ने मलाई पहिले नै थाहा भएको भए महिनावारी सृष्टिको प्रमुख आधार र स्रोत हो भन्ने मलाई पहिलने नै थाहा भएको भए महिनावारी पवित्र हो, अपवित्र होइन भन्ने मलाई पहिले नै थाहा भएको भए हाम्रा हजुरबुवा, हजुरआमा, आमा, दिदी बहिनी तथा […]