राज्यले सोती घटनामा संयुक्त दलित संघर्ष समितिले राखेको माग पुरा नगरेको गुनासो

७ असार २०७७, आईतवार १६:५९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : सविधान सभा सदस्य तथा नेकपाका नेता दलबहादुर सुनारले रुकुमको सोती घटनाका बारेमा संयुक्त दलित संघर्ष समितिले राखेका कुनै पनि मागहरु राज्यले सम्वोधन नगरेको आरोप लगाएका छन् ।

आइतबार कोहलपुरमा सो घटनामा परी घाइते भएका युवाहरुको उपचार पश्चात घर फर्काउने तयारी भइरहेका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता सुनारले सो आरोप लगाएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै नेता सुनारले घटनामा संलग्न अपराधीलाई सर्वोस्व हरण सहित आजिवन कैद, मृतकलाई सांस्कृतिक सहिद घोषणा, घाइतेहरुको उपचार र क्षेतिपुर्तिको माग राखेकोमा कुनै माग सम्वोधन नभएको भन्दै उनले आक्रोश ब्यक्त गरे ।

सोती घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका थिए । घाइतेहरुको उपचार कसैले नव्यहोरेपछी दलित संघर्ष समिति मार्फत ४५ हजार ६ सय २७ रुपँया उपचार खर्च र ३६ हजार ६ सय ६० रुपँया खाना बस्नमा खर्च भएको दलित संघर्ष समिति बाँकेले र आउने जाने यातायात खर्च भेरी नगरपालिका जाजरकोटले व्यहोर्ने जनाएको छ ।

घाइतेमा संलग्न दुई नाबालकसहित २९ जनालाई पूर्वपक्षका लागि थुुनामा राखिएको घटनामा संलग्न ५ जना फरार रहेको जनाइएको छ । सरकारले घटनामा संलग्नहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र छुवाछुत कसुर विरुद्धको मुद्धा चलाएको छ ।

Next Post

देशभर थप ४ सय २१ जना भेटिए कोरोना संक्रमित

७ असार २०७७, आईतवार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज : देशभरमा आइतवार थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ । कोरोनाबाट निको भई १ सय ९४ जना डिस्चार्ज भएका छन । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ […]