
सदरलाइनडटकम,
नेपालगञ्ज : आइतवार पनि देशभर मौसम बदली भएको र वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित बाँके, बर्दियालगायत देशभर वर्षाको सम्भावना छ ।
तर देशभर भन्नाले सबै क्षेत्रमा वर्षा हुँदैन । मौसम पूर्वानुमान महाशाखाका अनुुसार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।