राप्ती नदीमा पानीको सतह खतरास्तर पार

६ असार २०७७, शनिबार १७:३५
 
फाइल फोटो

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको कुसुमस्थित राप्ती नदीको पानीले खतराको स्तर पार गरेको छ । पानीको बहाव बढेसँगै खतराको घण्टी बजाइएको छ । राप्ती नदीमा पानीको स्तर ५ दशमलव ४० मिटर पुगेपछि खतरा मानिन्छ ।
यो समाचार तयार पारुञ्जेल खतराको स्तर पार गरेर ५ दशमलव ५० पुगेको बाढी मापन केन्द्र कुसुमले जनाएको छ । पानीको स्तर बढेसँगै राप्ती सोनारी र डुडुवा गाउँपालिकालगायत लगायत राप्ती नदीको तल्लो तटीय क्षेत्रमा बाढी आउने सम्भावना बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा निरन्तर परिरहेका पानीका कारण राप्ती नदी आसपासका क्षेत्रमा खतरा बढेको हो । पहाडी भेगमा लगातार भइरहेको वर्षाले राप्तीमा पानीको सतह अझै बढ्ने क्रममा रहेकोले सतर्कता अपनाउन बाढी मापन केन्द्र कुसुमले आग्रह गरेको छ ।

Next Post

‘खण्डग्रास सूर्यग्रहण’मा के गर्ने के नगर्ने जानी राखौ

६ असार २०७७, शनिबार १७:३५
सदरलाइनडटकम, नेपालगञ्ज :  आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार तदनुसार २१ जुनका दिन ‘खण्डग्रास सूर्यग्रहण’ लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिणरपूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ । नेपाली समय अनुसार […]